दफा २१६
आत्मसमर्पण गरेमा सजाय कम हुने

यस परिच्छेद अन्तर्गतको कसूर गर्ने व्यक्तिले कसूर गर्दा गर्दैको बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वाअन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्याएमा अवस्था हेरी अदालतले निजलाई सजायकम गर्न सक्नेछ ।